आगलागीबाट क्षति भएको नैना दोहोरीलाई रात्रिकालीन व्यवसायीहरुको २ लाख बढी आर्थिक सहयोग

पाेखरा | बैशाख २०, २०८१

आगलागीबाट क्षति भएको नैना दोहोरीलाई रात्रिकालीन व्यवसायीहरुको २ लाख बढी आर्थिक सहयोग

पोखरा:     आगिलागीबाट पुर्ण रुपमा क्षति भएको पोखरा ८ सिर्जनाचोकमा रहेको नैना दोहोरी सांझलाई पोखरा लोकदोहोरी रेष्टुरेन्ट  ब्यवसायी संघको पहलमा संकलित सहयोग रकम प्रदान गरिएको छ । 


संघको पहलमा संकलित २ लाख ११ हजार ६ सय १० रुपैयाँ  राष्ट्रिय लोकदोहोरी ब्यवसायी संघका अध्यक्ष बनोद श्रेष्ठको नेतृत्वको टोलिले नैना दोहोरी सांझका सञ्चालक विष्णु आचार्य कमल र आचार्यका श्रीमती सुनिता आचार्यलाई प्रदान गरिएको हो ।


सो अवसरमा बोल्दै नेपाल राष्ट्रिय  लोकदोहोरी व्यवसायी संघका अध्यक्ष बिनोद श्रेष्ठले व्यवसायीहरु एक अर्कालाई परेको दुःखमा साथ दिन तयार रहेको बताउदै विभिन्न ठाँउमा छरिएर रहेको व्यवसायीहरु बीच सहकार्य गरेर सहयोग गर्न पाउदा खुसी लागेको बताए । अर्कालाई परेको दुख पिडा लाई पनि आफ्नै ठानेर सहयोग गर्ने सम्पूर्ण संघ संस्था र ब्यवशायीहरुलाई समेत उनले धन्यवाद ब्यक्त गरे । 


नैना दोहोरी सांझका सञ्चालक सुनिता आचार्यले आफुहरुको पिडामा मलम लगाउने काम गरेकोमा सहयोगी प्रति धन्यवाद ब्यक्त गरिन । 


संघको पहलमा संकलित रकम  राष्ट्रिय लोकदोहोरी ब्यवशायी संघ बाट ५५ हजार ५ सय ५५, नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघबाट ५० हजार, नेपाल रात्रिकालीन मनोरन्जन ब्यवसायी संघ कोटेश्वर बाट ५१ हजार, रात्रिकालिन मनोरन्जन ब्यवसायी संघ चाबहिलबाट २० हजार, पोखरा लोकदोहोरी रेष्टुरेन्ट ब्यवसायी संघबाट २५ हजार, गोधुली दोहोरी सांझ बुटवलका सञ्चालक राम न्यौपानेबाट ५ हजार,  मादी सेती दोहोरी सांझ दमौलीका सञ्चालक सुभद्रा श्रेष्ठबाट ५ हजार ५५ गरि जम्मा २ लाख ११ हजार ६ सय १० रुपैया प्रदान गरिएको पोखरा लोकदोहोरी ब्यवसायी संघको अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।


गुरुङका अनुसार संघले अफ्ठेरोमा परेका ब्यवसायी तथा कलाकारहरुलाई कोरोनाको समयमा पनि सहयोग गरेको बताउदै आगामी दिनमा पनि ब्यवसायी र कलाकारहरुको संरक्षणमा संघ कटिवद्ध भएर लाग्ने बताए ।


सहयोग कार्यक्रममा पोखरा लोकदोहोरी रेष्टुरेन्ट  ब्यवसायी संघका सल्लाहकार चन्द्र गुरुङ, उपाध्यक्ष बिरेन्द्र के.सी., कोषाध्यक्ष विष्णु गुरुङ लगायतको उपस्थिती रहेको थियो । 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्